मनकामना माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष ११ गते शुक्रबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
दान, पुण्यजस्ता कार्यमा सहभागी भइनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। आत्मिक सन्तुष्टि मिल्नेछ। शुभकार्यको चर्चा रहला।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
बन्धु बान्धवबाट सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ। स्वास्थ्यमा सुधार आउला।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ। प्रेममा सफलता पाईनेछ। महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको समय छ। मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ। शुभकार्यको चर्चा चल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आफन्तको प्रगतिमा मन रमाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। पारिवार संग रमाइलो भेटघाट हुनेछ। प्रेममा मधुरता छाउला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
घर व्यवहारमा झमेला आउला। मनमा दुविधा उत्पन्न हुनेछ। पारिवारिक समस्या आइपर्ला। विचार गरेर निर्णय लिनु उचित होला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
श्रमको उचित मुल्याङन हुनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। धर्र्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ कामको थालनी हुनेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ। झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। व्यापार व्यवसायमा प्रगति होला। धार्मिक कार्यमा रुची बढ्नेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। घरायसी व्यवहारबाट टाढै बस्नु होला। द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। वाहान लाभ हुने समय छ। जोश जाँगर र हिम्मत बढ्नेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति December 27, 2019