सुपा देउराली माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष १२ गते शनिबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आज नयाँ कमको थालनी हुनेछ। अचल सम्पत्ति हात पर्ला। धार्मिक यात्राको योगछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
लत्ता कपडामा बढी धन खर्च हुनेछ। नाक तथा घाँटीमा समस्या आउला। सामान हराउने योग छ। अभिभावकको आशीर्वादले काम गर्नसक्छ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
श्रमको उचित मुल्याङ्कन हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला। शुभकार्यको चर्चा चल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ। नजिकको व्यक्तिबाट धोका पाईन सक्छ र मन खिन्न हुने स्थिति आउनसक्छ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ। परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। घर परिवारमा झै–झमेलाको अवस्था आउला। फलदायी यात्रा नहोला।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आम्दानी प्रशस्तै बढ्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलतापनि मिल्ला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेलाछ। वैदेशिक कार्य अघि बढ्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आज नयाँ सवारी साधन प्राप्तिको योग छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
अधुरो काम पूरा हनेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
ठीक समयमा सही निर्णय लिन सकिनेछ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ। बौद्धिक काममा सफलता मिल्नेछ। बोलीको प्रभाव पनि बढ्नेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति १२ पुष २०७६, शनिबार ०२:५२