मेसेन्जरमा रोबर्ट आ’तंक सा’वधान रहन आग्रह।

काठमाडौं। सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज भाइरल बनेको छ। वास्तबमा त्यो म्यासेज तपाईको साथीले पठाएको होइन। उसले त्यो म्यासेज खोलेको मात्र हो, त्यो पनि झुक्किएर। अर्थात थाहा नपाएर।

तपाईंको फेसबुक म्यासेन्जरमा पनि साथीको सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला। सा’वधान। यो म्यासेज नभई भाइरस भएको फेसबुकले जनाएको छ।

झट्ट हेर्दा शुभकामना जस्तो देखिने यस्तो म्यासेज भाइरस भएको फेसबुकले जनाएको हो। नयाँ वर्षको शुभकामना जस्तो देखिने यस्तो म्यासेज अहिले हरेकको म्यासेन्जरमा आइरहेको छ।

आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भनेर लेखिएको उक्त म्यासेज तपाईंले खोल्नेबित्तिकै तपाईंका सबै साथीलाई अटोमेटिक जाने गर्दछ। तपाइको साथीले पनि उक्त म्यासजे खोल्दा उनका अरु साथीहरुलाई जाने पक्का छ। त्यसैले यो म्यासेजले अहिले सामाजिक सञ्जालमा आ’तंक नै मच्चाएको छ।

म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज खासमा भाइरस हो। प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन्। झट्ट खोलेर हेर्दा नयाँ वर्षको शुभकामना देखिए पनि त्यसबाट तपाईंका फेसबुक साथीलाई अटो म्यासेज’ गइरहेको हुन्छ।

यस्तो भाइरसले तपाइको फेसबुक एकाउन्टमा अनाधिकृत पहुँच राख्न सक्छ। त्यसैले झुक्किएर भए पनि यस्तो लिङ्क नखोल्नुहोस्।

यस्ता म्यासेजहरूलाई आउने बित्तिकै डिलिट गर्नु भयो भने झुक्किएर खुल्ने सम्भावना रहँदैन। यस्ता खालका म्यासेजले तपाईंको फेसबुक ह्याक हुने, अरूसँग गरिएका गोप्य कुराकानी बाहिरिने सम्भावना अधिक हुन सक्छ। खबर हब

Loading...
प्रकाशित मिति १४ पुष २०७६, सोमबार ०२:४५