खुलामञ्चमा साना व्यापारीकाे साढे ५ करोडभन्दा बढी रकम डुब्याे

काठमाडौं । खुलामञ्चमा सटर खरिद गरेका साना व्यवसायीले ठेकेदार कम्पनीलाई बुझाएको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन्।

 

जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रालिले आफूहरुलाई ठगेको व्यवसायीले बताए। खुलामञ्च कब्जा गरेर व्यापारिक सटर निर्माण गरेर प्रालिले साना व्यवसायीबाट करिब साढे पाँच करोड रुपैयाँभन्दा धेरै संकलन गरेको थियो।

 

 

खुलामञ्चमा सटर खरिद गरेका नुवाकोटका सुजन तामाङले ८ लाख रुपैयाँ बुझाएको दावी गरे। खुलामञ्चमा सटर खरिद गरेकी मनमाया गुरुङले सटर खरिद गर्नका लागि ११ लाख रुपैयाँ बुझाएको बताइन्।

 

स्वरोजगार व्यापार श्रमिक संघ कामनपा २८ इकाइका अध्यक्ष हरिप्रसाद पाण्डेले साना व्यवसायीले ऋण काढेर तथा धितो राखेर सटर किनेको बताए। ‘कुनै कागजपत्र गरेका छैनन्,’ उनले भने, ‘कसैले ऋण काढेर र कसैले बैंक तथा सहकारीबाट घर धितो राखेर लिएका हुन्। त्यसैले सरकारले तत्कालै आवश्यक कारवाही गरेर पैसा उठाइदिनुपर्ने देखिन्छ।’ खुलामञ्चबाट सटर उठाउँदा ४० भन्दा धेरै साना व्यवसायी पीडित छन्। भन्ने खबर आजकाे नागरिक दैनिकमा छ।

Loading...
प्रकाशित मिति १६ बैशाख २०७६, सोमबार ०१:२२