प्रिती आलेको भुत्रो मायाजाल ट्रेन्डिङमा । भिडियो सहित

काठमाडौं। चर्चित गायिका प्रिती आलेको ‘भुत्रो माया जाल’ बोलको गीत युट्युबको ट्रेन्डिङमा परेको छ। शनिबार युट्युबमा सार्वजनिक भएको उक्त म्युजिक भिडियो ट्रेन्डिङमा ट्रेन्डिङमा पर्न सफल भएको हो। यो समाचार तयार पार्दा सम्म यस गीतलाई युट्युबमा ३ लाख बढी पटक हेरिएको छ।

गायिका प्रिती आले र पवन रानाको सुमधुर स्वरमा रहेको यस गीतलाई गएको शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी  सार्वजनिक गरिएको थियो।

यस गीतमा शब्द र संगीत गायिका प्रिती आलेकै रहेको छ। भने गीतको भिडियोमा गायिका प्रिती र चर्चित डान्स ग्रुप ‘दी नेक्स्ट’ टिमको धमाकेदार डान्स रहेको छ। यस भिडियोलाई नवराज उप्रेतीले छायाँकन र प्रदीप लामाको कोरियोग्राफी रहेको छ। त्यस्तै भिडियोको निर्देशन प्रदीप लामा र सम्पादन पवन सुस्लिङको रहेको छ।

भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति १५ पुष २०७६, मंगलवार ००:३२