सम्झना भण्डारी र चिज कुमारको स्वरमा ‘गुन्द्री र चकटी’ सार्वजनिक, भिडियो सहित।

काठमाडौँ। चर्चित गायिका सम्झना भण्डारी र नव गायक चिज कुमार रावतको स्वरमा ‘गुन्द्री र चकटी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुप्रिम राज विश्वकर्माको शब्द तथा रुद्र जिएमको संगीत रहेको भिडियोलाई चर्चित नेर्देशक बिक्रम चौहानले निर्देशन गरेका छन्।

बि-स्टार फिल्मसको पर्दामा निर्माण गरेको म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन्, भने मिलन बिकले सम्पादन गरेका छन्। यो म्युजिक भिडियोमा भिम खडका र करिश्मा ढकालको अभिनय हेर्न सकिन्छ। भिम खडका पनि नेपाली सांगीतिक क्षेत्रका एक हस्ती हुन्।

खडकाले बिभिन्न विधाका गीतमा अभिनय गरिसकेका छन्। दर्जनौ गीतमा अभिनय गरिसकेका खडकाले यो गीतमा फरक शैलीले प्रस्तुत भएका छन्। यो म्युजिक भिडियोमा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित तथा पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रकी चर्चित मोडल करिश्मा ढकालसंग अभिनय गरेका छन्।

ढकालले हजारौं लोक दोहोरी गीतमा अभिनय गरिसकेकी छन्। उत्तिकै चर्चित पनि छन्। आशा छ यो गीत पनि चर्चाको शिखरमा चढने छ। यो म्युजिक भिडियो एस थ्री के’ इन्ट्रटेन्मेन्ट को अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडियो हेर्नुहोस् ।

Loading...
प्रकाशित मिति १५ पुष २०७६, मंगलवार ०१:०४