नेपालमा सुनको मुल्य ह्वात्तै बढ्यो, किन्न मुस्किल।

काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ। सोमबारको भन्दा आज २ सय रुपैयाँले बढेर सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार आज छापावाल सुन ७३ हजार ५ सय, तेजावी सुन ७३ हजार २ सय र चाँदी ९०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। पुस लागे यता सुनको मुल्य तोलामा २ हजार रुपैयाँले वृद्धि भएको छ।

यसअघि गत भदौ १८ गते पनि सुनको मुल्य तोलामा ७३ हजार ५ सय पुगेको थियो। त्यसयता घट्दै आएको मुल्य तोलाको ७० हजार सम्म झरेको भएपनि अहिले फेरि उकालो लागेको छ।

Loading...
प्रकाशित मिति १५ पुष २०७६, मंगलवार ०६:३४