स्वयम्भू नाथको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष १६ गते बुधबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। प्रेम सम्बन्ध कसिलो रहला। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
आज पारिवारिक सद्भाव बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। प्रतिष्ठा कमाउने बेला छ र शुभकार्यको चर्चापनि चल्नेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आज नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रापनि हुनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
चिताएको कामले तीव्रता लिनेछ। कार्यमा सफलता पाईनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। पुनर्मिलनको योग रहेको छ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमीको सहयोग मिल्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। राजनैतिक कार्यमा बाधा आउनेछ, तर सरकारी निकाएबाट भने सहयोग मिल्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। शुभकार्यको चर्चा चल्नेछ। विद्या र बुद्धिके विकास हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
आर्थिक कारोवारमा मन्दी आउनेछ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउनपनि मुस्किल पर्ला।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। समाजसेवामा मन लाग्नेछ। वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
सौन्दर्यतामा धन खर्च हुनेछ। साना तिना समस्यामा अल्झिनुपर्नेछ। पारिवारीक समस्याले सताउनेछ। अनावश्यक धन खर्च हुनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति १६ पुष २०७६, बुधबार ००:४९