सल्यानमा अवस्थित खैरवाङ्ग देवीको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष १७ गते बिहीबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ। झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको समय छ। लाभदायक यात्रा रहनेछ। मेहनतीहरूका लागि दिन बढी फलदायी रहला।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
मनमा दुविधा उत्पन्न हुनेछ। पारिवारिक समस्या आइपर्ला। विचार गरेर निर्णय लिनु उचित होला। घर व्यवहारमा झमेला आउलन सक्छ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
जोश जाँगर र हिम्मत बढ्नेछ। आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। वाहान लाभ हुने समय छ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। घरायसी व्यवहारबाट टाढै बस्नु होला। सवारी चलाउँदा समस्या आइलाग्न सक्छ, सचेत रहनुहोला।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। धार्मिक कार्यमा रुची बढ्नेछ। रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ। प्रेममा सफलता पाईनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
बन्धु बान्धवबाट सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ। स्वास्थ्यमा सुधार आउला।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। आत्मिक सन्तुष्टि मिल्नेछ। दान-पुण्यजस्ता कार्यमा सहभागी भइनेछ। शुभकार्यको चर्चा रहला।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पारिवार संग रमाइलो भेटघाट हुनेछ। प्रेममा मधुरता छाउला।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
श्रमको उचित मुल्याङन हुनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ कामको थालनी हुनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति १७ पुष २०७६, बिहीबार ००:५१