मनकामना माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष १८ गते शुक्रबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आज नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आफन्त संग मनमुटाव बढ्ला।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। दबाब र तनाव बढेको महसुस हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। कार्य सम्पादनमा समस्या आउला।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। चिताएको कामले तीव्रता लिनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
रोकिएका काम पुनः सुरु हुन सक्छन्। परिवारका सदस्यहरूसित भेटघाट हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। धार्मिक यात्राउनि होला।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। सभासमारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन्। साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। स्वास्थ्य सबल रहनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज सबैले तपाईंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन्। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ। शुभकार्यको चर्चा चल्नेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति January 3, 2020