रविन लामिछाने र इन्दिरा गैरेको ‘मोया’ सार्वजनिक, भिडियो हेर्नुहोस्।

काठमाडौं। लोकप्रिय गायक नेपाल स्वयंसेवक संघका सल्लाहकार रविन लामिछाने र नेपाल स्वयंसेवक संघ कलाकार संगठन प्रदेश ५ का अध्यक्ष ईन्दिरा गैरेको आवाजमा उत्कृष्ट गीत ‘मोया’ बजारमा आएको छ।
माया प्रेमका भाव राखेर बनाईएको गीतलाई शरद पाण्डेले लेखेका हुन्, भने लय सिर्जना अर्जुन सापकोटाको छ। कृष्णले गीतको एरेन्ज गरेका हुन्।

मोयालाई चिनेको मैले बोलिले नजरको गोलिले बोलको थेगो राखिएको गीत पछिल्लो समयमा गीतसंगीतको प्रतिस्पर्धामा भिडन लाएक देखिन्छ।
घरबारीमा तोरी फुल्यो खरबारीमा बुकी,
मख्ख परि हे-र्यौ माया मै राम्रो पो छुकी।
हिमालैमा डाफे नाच्यो बनमा न्याउली रुदा,
करेण्ट झै झटका लाग्यो चस्स तिम्ले छुदा।

जस्तै दुई मुटु विचको माया जाललाई शब्द जाल मार्फत गीतकार शरद पाण्डेले छताछुल्ल पारेका छन। भने यता गायक प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रविन लामिछाने र पछिल्लो समयकी सवैको मनमा बस्न सफल गायिका ईन्दिरा गैरेको पनि उत्तिकै जादुमय स्वर देख्न र सुन्न सकिन्छ।

गीतको अडियोसंगै भिडियो पनि अत्यन्तै उत्कृष्ट बनेको छ। चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा बनेको गीतमा सक्किगोनि सिरियलकी लोकप्रिय पात्र रक्षा श्रेष्ठ र अर्जुन गौतमको अभिनय रहेको छ। गीतमा पहिलो भेटमै माया बसेको देख्न सकिन्छ। गीतको भिडियोलाई पनि निकै मेहनतका साथ तयार पारिएको छ।

गीतलाई ताजा इन्टरटेनमेन्ट यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। यो गीतबाट आफुले श्रोता दर्शकको माया पाउनेमा गायिका ईन्दिरा लगायत सिङ्गो टिम विश्वस्त छन्। गीत सबैको लोक प्रिय बनोस हाम्रो तर्फबाट, शुभकामना।

भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति १८ पुष २०७६, शुक्रबार ०१:४९