भगवान शिवको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष १९ गते शनिवारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
दबाब र तनाव बढेको महसुस हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। सन्तानपक्षको मायामा कमी आउला।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। चिताएको कामले तीव्रता लिनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ। विचार पुर्याएर निर्णय लिनु राम्रो होला।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
शुभकार्यको चर्चा चल्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आफन्त संग मनमुटाव बढ्ला। सामान हराउन सक्नेछ। मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
रोकिएका काम पुनः सुरु हुन सक्छन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। स्वास्थ्य सबल रहनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति १९ पुष २०७६, शनिबार ०१:४५