Wrp कम्पनीले ६० जना नेपाली कामदारलाई ज’बर्जस्ती फिर्ता गर्दै।

मलेसिया। मलेसियाको एक पञ्जा उत्पादक कम्पनी डब्लूआरपी एसिया प्यासिफिकले त्यहाँ कार्यरत करीब ६० कामदारलाई नेपाल फिर्ता पठाउने तयारी थालेको छ।
कामदार माथि चरम श्रम शोषण गरेको आरोप खेपिरहेको डब्लूआरपी कम्पनिले पछिल्ला दिनहरुमा आर्थिक संकट खेपिरहेको छ।

कामदार माथि श्रम शोषण गरेको प्रमाण भेटेपछि गएको १४ असारमा अमेरिकाको भन्सार तथा सीमा सुरक्षा कार्यालयले डब्लूआरपीको पञ्जा आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। डब्लूआरपीले उत्पादन गरेका अधिकांश पञ्जा अमेरिका निर्यात हुँदै आएको थियो।
अमेरिकाले पञ्जा आयात रोकेपछि कम्पनिबाट उत्पादित पन्जा बिक्रि हुन छाड्यो र कम्पनी आर्थिक संकट तिर धकेलिदै गइरहेको छ।

आर्थिक संकट भोगेका कारण १५ पुसमा व्यापार सञ्चालन निलम्बन गर्‍यो। व्यापार सञ्चालन निलम्बन गरेपछि कम्पनीले त्यहाँ कार्यरत भिसा अवधि सकिएका कामदारलाई स्वदेश फिर्ता पठाउन थालेको छ। यसैक्रममा डब्लूआरपीले १७ पुसमा कम्पनीका शाखा प्रमुखलाई लेखेको इमेल रेकर्ड अनुसार त्यहाँ कार्यरत करिब ६० जना नेपाली कामदारलाई नेपाल फिर्ता पठाउने तयार गरेको छ।

उक्त विवरण अनुसार उनीहरुलाई आउँदो १३ जनवरीमा नेपाल फिर्ता पठाउने गरी दिन समेत तोकिएको छ। डब्लूआरपीमा कार्यरत अधिकांश कामदारको भिसा अवधि १४ जनवरीमा सकिदैछ। कम्पनीले म्याद सकिनु अघि नै उनीहरुलाई नेपाल फिर्ता पठाउने तयारी गरेको हो। यस अघि केही समय अगाबै कम्पनीले कामदारको भिसा अवधि नविकरण गरेर काममा लगाउने गरेको थियो। अहिले कम्पनीले कतिपय कामदारलाई कम्पनि भित्र बस्न दिएको छैन।

हिमालको सम्पर्कमा आएका नेपाली कामदारले आफुहरुलाई फिर्ता पठाउनु र बिना कारण कामबाट निकाल्न लागिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। डब्लूआरपीमा कार्यरत झण्डै पाँच सय नेपाली कामदार कार्यरत छन्। आप्रवासी कामदारका अधिकारकर्मी मलेसिया अमेरिकाको सरकारले चरम श्रम शोषण गरि पीडित कामदारलाई उनीहरुको इच्छा विपरीत घर फर्किन बाध्य तुल्याउनु मजदुरको सुरक्षाका कदम नचाल्नुलाई आपत्ति भएको बताएका छन्। हिमाल खबर

Loading...
प्रकाशित मिति १९ पुष २०७६, शनिबार ०८:४६