बागलुङ कालिका माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष २० गते आइतबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आज शुभकार्यको चर्चा चल्नेछ। नयाँ काम वा रोजगार पाईनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत वढ्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
अचल सम्पत्ती हात पर्ने योगछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। बौद्धिकताको विकास हुनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। धन प्राप्त हुनेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। मान प्रतिष्ठामा बृद्धि होला।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
विद्या र बुद्धिके विकास हुनेछ। मंगल कार्यको योगछ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। रोजगारको अवसर मिलनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ। शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। मनमा चञ्चलता बढ्नेछ। प्रेममा मनमुटाव रहला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
मंगल कार्यको योगछ। चिताएको कामले तीव्रता लिनेछ। व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ। महिला मित्रबाट विशेष सहयोग मिल्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
व्यर्थको यात्रामा जान बाध्य भइएला। मन खिन्न हुने स्थिति आउनेछ। नजिक व्यक्तिबाट धोका पाइन सक्छ। पेट सम्बधी समस्या आउला।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। अरुको मन जित्न सकिनेछ। लाभदायक यात्राको योग छ। वैदेशिक कार्य अघी बढ्नेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
कार्य सम्पादनमा समस्या आउला। पारिवारिक उल्झनमापरि काम विग्रिएला। सरकारी निकाएको भय रहनेछ। मनमा सङ्का उत्पन्न हुनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज शुभकार्यको चर्चा चल्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला। व्यापारमा रुची बढ्नेछ। उपहार पाइने सम्भावनाछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति २० पुष २०७६, आईतवार ०१:३४