ज्योतिष अर्जुन क्षेत्रीको समुहले घर तोडफोड, प्रहरीले उजुरी लिएन।

काठमाडौं। कानूनको पालना गराउने, नागरिकको जिउ-धनको सुरक्षा गर्ने जिम्मा प्रहरीको हो। तर, त्यही प्रहरी पैसा र पहुँचवालाको मात्रै कुरा सुन्ने गरेको सबैले देख्दै र भोग्दै आएका छौं। प्रहरीले आफ्नो काम जिम्मेवारीका साथ नगरेको पनि तपाई हामीले देख्दै आएका छौं।

त्यति मात्र होइन, यहाँ प्रहरीकै जुनियर अधिकृतलाई दुःख पर्दा पनि प्रहरीका सिनियर अधिकृतहरुले अझ उनीमाथि नै अन्याय गर्दै आएका छन्। प्रहरीको परिवारमा कुनै व्यक्तिबाट आक्रमण हुन्छ। घर डेरा तोडफोड हुन्छ। आफ्नो छोरालाई घण्टौ बन्दक बनाइन्छ र पीडित प्रहरीको परिवारले न्यायको खोजी गर्दै अनेक निकाय धाउँदा समेत केही सिप चल्दैन।

आफूमाथि भएको अन्ययको जाहेरी दर्ता गर्न खोज्दा प्रहरीकै परिवारको जाहेरी प्रहरी कार्यालयले नै लिदैन। राष्ट्रिय मानव अधिकार आयोगदेखि सरकारी वकिलको कार्यालयले समेत उजुरी दर्ता गरी अनुसन्धान गर्नु भन्ने पत्र लेख्दा समेत प्रहरी अधिकारीहरुले कुनै टेढ पुच्छर लगाउँदैनन्। न्युज २४ बाट

Loading...
प्रकाशित मिति January 5, 2020