भगवान् शिवको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष २१ गते सोमबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आज दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ। रमाइलो यात्राको योग रहेको छ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। बौद्धिकताको विकास हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ। शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आज दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। वैदेशिक क्षेत्र र कार्यमा सफलताहरू मिल्नेछन्। आकस्मिक धनलाभपनि होला।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
बोलीको भरमा कार्य सम्पादन हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। ढिलै भएपनि काम सम्पन्न हुनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
विद्या र बुद्धिको विकास हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। घर व्यवहारको समस्याले सताउनेछ। नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
आँटेको काममा सफलता नमिल्न सक्छ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ। प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ। प्रेमी र प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ। मन खिन्न हुने स्थिति आउनेछ। नियमित खर्चसमेत बढ्ला।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। नयाँ काम वा रोजगारको अवसर मिल्नेछ। सफल यात्रापनि रहला।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
कठोर परिश्रम गर्नुपर्ने समय छ। अनावश्यक यात्रा हुनेछ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। नाक तथा घाँटीमा समस्या आउन सक्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। घरमा अतिथीको आगमन हुनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति January 6, 2020