विमल गैरे, बाणगंगा। पछिल्लो समयमा एक पछि अर्को सफलता, धेरै दर्शक श्रोताहरुको ढुकढुकी बनेका गायक खेम सेञ्चुरी फेरी आएका छन् संगीतको बजारमा ‘नगर हल्ला’ संगै। अमृता नेपालीको लोक दोहोरी एल्बम ‘नगर हल्ला’ सुपारी कुटक्कै वोलको लोक दोहोरी गीत माया पिरतीमा आधारीत रहेको छ।
हल्ला गर्ने हो भने कतै आफुहरुको माया असफल हुनेहोकी भन्ने डरले माया सुटुक्कै लगाम कुनै झमेला नगरौ जस्ता शव्दहरु रहेका छन्। सुपारी कुटुक्कै, नगर हल्ला नगर झमेला लाउ माया सुटुक्कै।
बोलको गीतमा चर्चित गीतकार प्रल्हाद सुवेदीको उत्कृष्ट शव्द तथा खेम सञ्चुरीको संगीमा खेम सेञ्चुरी र अमुता नेपालीले आवाज दिनुभएको छ। राजेश घिमिरेको छायांकन, प्रकाश भट्टको निर्देशन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गर्नु भएको छ उक्त गीतको भिडियोमा खेम सेञ्चुरी र आयुष्मा कार्की को अभिनय देख्न सकिन्छ।
भिडियो हेर्नुहोस्।