मुक्ति नाथको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष २२ गते मंगलबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
निर्णय कार्यान्वयन हुन सक्दैनन्। आत्मबलमा कमी आउनेछ। मनमा दुविधा उत्पन्न हुनेछ। मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
मन भावुक र उत्ताउलो बन्नला। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। प्रेममपनि मनमुटाव आउनेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ। धार्मिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सौन्दर्यतामा धन खर्च हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सरकारी निकाएको भयपनि रहला।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
रोकिएका काम पुनः सुरु हुन सक्छन्। जोश,जाँगर र उमङ्ग बढ्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
मिष्ठान्न भोजनको अवसर मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
शुभकार्यको चर्चा चल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। पढाइमा प्रगति हुनेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
आज प्रेमीको सहयोग पाईनेछ। नयाँ कार्यको योजना बन्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। साथै सफल यात्राका योग पनि देखिन्छन्।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। धर्म, कर्ममा मन लाग्नेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति २२ पुष २०७६, मंगलवार ०२:०६