स्वयम्भू नाथको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष २३ गते बुधबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। साँझपख शुभ समाचार आउन सक्छ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
स्वास्थ्यमा समस्या आउनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा सफलता मिल्नेछ।

सिंह। मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
रमणीय र सुखद् यात्राको योग छ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आज यात्रामा मालसामान हराउन सक्छ। गलत निर्णय लिन पुगिएला। चोटपटकको भयछ सचेत रहनुहोला, तर सहकर्मीबाट सहयोग मिल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
महत्त्वपूर्ण कामको थालनी हुनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। शिक्षामा सफलता मिल्नेछ। आर्थिक उन्नति हुनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
आफ्नो विचार विपरित निर्णय हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ। साझेदारीको काममा उल्झन आउनेछ, तर कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
परिश्रम गर्दा धनार्जन हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। वैदेशिक कार्य अघी बढ्नेछ। शेयरको कारोवारबाट सफलता मिल्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
कीर्ति वृद्धिका योग देखिन्छन्। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। पुनर्मिलनको योगपनि रहेको छ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। शत्रु पराजित हुनेछन्। बित्तिय संस्थाबाट सहयोग पाईनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
साथीभाईसंग समय बित्नेछ। व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ। नयाँ व्यक्तिसंग भेटघाट हुनेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
नसोचेको ठाउँबाट धनागम हुनेछ। मनोरञ्जनमा सहभागीता भइएला। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। आर्थिक कारोवारमा सफलता पाइएला।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। बेलुकीपख भने खर्च बढ्न सक्छ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति January 8, 2020