“छ माया छपक्कै” मा केकी अधिकारी फाइनल

दिपेन्द्र लामाको निर्देशनमा निर्माण हुन् लागेको नयाँ चलचित्र ‘छ माया छपक्कै’ मा अभिनेत्री केकी अधिकारी लिड रोलमा रहने भएकी छिन्। चलचित्रमा केकी दिपकराज गिरिको जोडीको रुपमा देखिनेछिन्।

आइतबार औपचारिक रुपमा केकी र निर्माता रोहित अधिकारी बीच चलचित्रको सम्झौता भएको छ। सोमबार चलचित्रको औपचारिक घोषणा हुदैछ। चलचित्रमा दिपक र केकिको साथमा केदार घिमिरे र जितु नेपाल मुख्य भूमिकामा रहनेछन्।

बैशाख अन्तिमबाट फलोअरमा जाने चलचित्र दशैमा रिलिज हुने तयारीमा रहेको छ। चलचित्रमा ५० प्रतिशत मुनाफा लिने सहमतिमा दिपकराज गिरि र उनको टिम चलचित्रमा काम गर्न तयार भएको छ।

Loading...
प्रकाशित मिति April 29, 2019