युद्धबाट इरान पछि हत्यो, राष्ट्रपति डोनाल्ड ट्रम्पको कथन।

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धबाट पछि हटेकाे बताउनुभएकाे छ। बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानले द्वन्द्वलाई थप चर्काउन नचाहेको बताउनुभयाे।

इरान द्वन्द्वबाट हट्नु विश्वकै लागि खुसीको कुरा भएको पनि उहाँले बताउनु भएकाे छ। इरानले यो द्वन्द्वलाई थप चर्काउन नचाहेको देखिन्छ’ राष्ट्रपति ट्रम्पले भन्नुभयाे। यो विश्वकै लागि खुसीको कुरा हो। शान्ति चाहनेहरूसँग अमेरिका शान्तिकै व्यवहार गर्न तयार भएको पनि बताउनु भएको छ।

ट्रम्पले आफ्नो सम्बोधन गर्दै अमेरिकी सैनिकको मृत्यृ नभएको पनि स्पष्ट पार्नुभएकाे छ। आक्रमणमा कुनै पनि अमेरिकी सैनिक या इराकी सैनिक मारिएका छैनन् र कोही पनि घाइते भएका छैनन्। सैनिक अड्डामा सामान्य क्षति पुगेको छ। राष्ट्रपति ट्रम्पले भन्नुभयाे। मिसाइल आक्रमणमा इरानले ८० भन्दा बढी अमेरिकी सैनिक मारिएको दाबी गर्दै आइरहेको थियो।

राष्ट्रपति ट्रपले इरानी सैनिक कमान्डर सुलेमानी पहिले नै मारिनु पर्ने र अब इरान कुनै पनि किसिमको आतंकवादी गतिविधिमा संलग्न नहुन चेतावनी समेत दिनुभयो। अमेरिका विश्वको सबैभन्दा शक्तिशाली भएको तर यसको प्रयोग नगर्ने बताउनुभयो। अमेरिका विश्वको सबैभन्दा ठूलो सैन्य शक्ति भएको राष्ट्र हो तर यसको मतलब हामी सैन्य शक्ति प्रयोग गर्दैनौँ।

ट्रम्पले रुस, चीन लगायतका देशलाई इरानसँगको परमाणु सम्झौता समाप्त गर्न पनि आग्रह गर्नुभयो। इरानमाथि थप आर्थिक नाकाबन्दी लगाइने र इरानले आणविक कार्यक्रम तत्काल अन्त्य गर्नुपर्ने पनि ट्रम्पले बताउनुभयाे। ट्रम्पले अमेरिका तेलको नम्बर वान उत्पादक भएकाे र मध्यपूर्वमा तेल नचाहिने पनि बताउनुभयाे। अमेरिका आफैमा विश्वको सबैभन्दा तेल उत्पादन गर्ने राष्ट्रमा पर्छ।

अमेरिका आर्थिक र सैन्य हिसाबले स्थिर छ, उहाँले भन्नुभयाे। इरानका उच्च सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि अमेरिका र इरानबीच द्वन्द चर्किएको थियो। अमेरिकाले सुलेमानी मारिदिएपछि इरानले त्यसको प्रतिशोधमा बुधबार इराकमा रहेका अमेरिकाका दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेको थियो। न्युज २४ बाट

Loading...
प्रकाशित मिति २४ पुष २०७६, बिहीबार ०३:४५