चाँगुनारायण मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष २५ गते शुक्रबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। वस्त्र लाभपनि हुनेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। भौतिक साधन जुटाउने समय छ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
भाग्यले विभिन्न अवसर जुराउनेछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ। मुद्धा मामिलामा सफलता मिल्नेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। राज्यबाट मानसम्मान मिल्नेछ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। वाहान सुखपनि मिल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आज लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ। धार्मिक, सांस्कृतिक सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
शुभकार्यको चर्चा चल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डि,।
समय प्रतिकुल भई कुलतमा मन जानेछ। घर परिवारमा झैँ,झमेलाको अवस्था आउला। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
आजको दिन गरेका काममा ढिलासुस्ती हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला। दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
विद्या र बुद्धिको विकास हुनेछ। सजिलै अरुको विश्वास जित्न सकिनेछ। आकस्मिक धन लाभ हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ। घरायसी विवाद बढ्नेछ। चोटपटकपनि लाग्न सक्नेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति January 10, 2020