गिट्टी बालुवा उत्खननको वि’रोध गर्ने दिलिपको टिप्परले किचेर मृ’त्यु।

काठमाडौं। अ’वैध गिट्टी बालुवा उत्खनन्‌को पटक पटक विरोध गर्दै आएका युवकलाई टिपरले किचेर मृ’त्यु भएको छ। धनुषाको औरही खोला उत्खनन्‌को वि’रोधमा प्रहरी प्रशासन सम्म पुगेका युवकलाई सोही खोलामा ट्रिफरले किचेर शुक्रबार ह’त्या भएको स्थानीयको आ’रोप छ।

धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर बस्ने राम जीवन महतोको २४ वर्षीय छोरा दिलीपकुमार महतो ओमप्रकाशको औरही खोलामा टिपरले किचेर ह’त्या भएको हो। शुक्रबार बिहान साथी रोशन यादवसँग खोलामा मोर्निङ वाक गएको समयमा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेको थियो।

घ’टना लगतै इलाका प्रहरी कार्यालय ढल्केवरको टोली पुगेर श’व नि’यन्त्रणमा लिई पो’स्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ। टिपर इलाका प्रहरी कार्यालय ढल्केबरले आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक राममेश्वर कार्कीले जानकारी दिए।

घ’टनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको ह’त्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। घ’टनापश्चात् ट्रिपर चालक फ’रार छन्। उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले बताए। गाउँलाई नै जोखिममा पर्ने गरी औरही बसही खोलामा भइरहेको अ’वैध गिट्टी बालुवा उत्खनन्‌को दिलिपको नेतृत्वमा गाउँलेले वि’रोध गर्दै आएको थिए।

रिसिबी साँध्न क्रसर सञ्चालकले योजनाबद्ध रुपमा दिलीपको ह’त्या गरेको स्थानीय उमेश कुशवाहाको आ’रोप छ। यता घ’टनाको वि’रोधमा गाउँलेले पूर्व पश्चिम राजमार्ग बिहानैदेखि अ’वरुद्ध गरेका छन्। मिथिला नगरपालिका ५ श्रीपुर रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अ’वरुद्ध गर्दै दोषीलाई का’रवाहीको माग गरेका छन्। अन्नपूर्ण पोष्ट

Loading...
प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार ०७:२२