स्वयम्भू नाथ मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष २६ गते शनिवारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। जोश जाँगर र उमंग बढ्ला। धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ। मनोबल उच्च रहनेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। आकस्मिक धन लाभ हुनेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
राज्यबाट मान सम्मान पाइनेछ। कुटुम्बको सहयोग मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
शुभकार्यको चर्चा चल्नेछ। साहित्य तथा संगीतमा रुचि बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। भूमि लाभपनि रहला।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज भाग्यले साथ दिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ। सफल र माइलो यात्राको योग रहेको छ। धर्म,कर्ममा मन लाग्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
निर्णायक क्षमतामा कमी आउनेछ। प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
छोटो दुरीको लाभदायक यात्रा हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाईनेछ। शुभ समाचार सुन्न पाइएला।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
यात्रा गर्दा सचेत हुनुपर्नेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। नजिकका व्यक्तिबाट धोका पाइएला।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
भाग्यले विभिन्न अवसर जुराउनेछ। शिक्षामा सफलता पाईनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सानातिना समस्यामा अल्झिनुपर्नेछ। आफूलाई कमजोर भएको अनुभूतिपनि हुनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति २६ पुष २०७६, शनिबार ०१:०५