गहना लु’ट्न बुहारीले सासू आमा मा’रे, दो’ष गोरुलाई (भिडियो सहित)

गुल्मी। साँझ करिब साढे ५ बजे मलाई न’मार, गुहार। गुहार। इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ४० बर्षिय मसुरा नेपालीले यी दुई शब्द सुनिन्। उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ बर्षिय कौशिला विकको थियो। उनी हतारिदैँ छिमेकी विकको घरमा पुगिन्। अनुहार र टाउकोमा चो’ट, उनको मन भा’ववि’हाल भयो।

मसुराले सबैभन्दा पहिले घरभित्र रहेकी कान्छी बुहारी देविलाई बोलाईन्। त्यसपछि गाउँका सबै मान्छे जम्मा भए। गोठमा गोरु फुकेको र गोरु बान्ने ठाउँपछाडी उनी लडेकाले गोरुले हा’नेर ल’डेको अक्कल गरे। तर धेरैले यो कुरा पत्याएनन्। मसुराको उपचार तम्घासमा सम्भव नभएपछि पाल्पा रिफर गरियो।

पाल्पामा पनि उपचार सम्भव नभएपछि बुटबल रिफर गर्‍यो। तर बुटबल लैजाने रकम अभाव भयो। परिवारले कौशिलालाई पुन तम्घास ल्याए। अन्तत भाडा उठाएर भएपनि बुटबल लैजाने भनियो तर कौशिलाको ज्या’न गयो। चिच्याएको सुनेपछि म आए, गम्भीर अवस्थामा ल’ड्नु भएको थियो। मसुराले भनिन्, गोरुले हा’नेको भनेपनि अवस्था त्यस्तो थिएन।

यसरी भएको रहेछ ह’त्या।

सोहि दिन दिउसोँ तत्कालिन घाइते र हाल मृ’तक भनिएकी कौशिलाकी आफ्नै कान्छी बुहारी देवी र जेठाजुकी कान्छी बुहारी लक्ष्मीले सासु कौशिलाको ह’त्या गर्ने र गहना लु’ट्ने योजना बनाउछन्। योजना अनुसार लक्ष्मीले गोरु फुकाईन् र चि’र्पट दा’उरो लिएर लुकेर बसिन्। देवीले गोरु फुकेको जानकारी सासुलाई गराउछिन्। फुकेको गोरु समाउन कौशिला जाँदा चिर्पट दाउराले हा’नेर भुँइमा लदाउछिन्।

देवीले चाँहि कोहि मानिस आउलाकी भनेर बाटोतिर हेर्छिन। कोहि नआए पछि उनीहरुलाई गहना लु’ट्ने समय मिल्यो। अनि बुलाकी, मडाउरी लगायतका गहना दुवै मिलेर लु’ट्छन्। कौशिलाको ज्या’न गएको ठहरपछि लक्ष्मी आफ्नै घरतिर लाग्छिन् भने देवी थाहा नपाएझै गरी घरभित्र बस्छिन्। अन्तत देवीलाई पनि छिमेकी मसुराले खबर गरेपछि मात्र उनले सासु ल’डेको देखेको नाटक गरेको प्रहरीको बयानमा बताएकी छिन्।

भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति २६ पुष २०७६, शनिबार ०६:०८