पशुपति मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष २७ गते आइतबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। सौन्दर्यतामा खर्च पनि बढ्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
वित्तिय संस्थाबाट सहयोग पाईनेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। मान प्रतिष्ठामा बृद्धि होला। समाजिक कार्यमा मन जाला।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ। स्वास्थ्यमा समस्या आउला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
शुभकार्यको चर्चा चल्नेछ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। व्यापार व्यवसायमापनि फाईदा होला।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आज बन्न लागेको काम विग्रिनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। सरकारी निकाएको भयपनि उत्तिकै रहनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
आज शुभकार्यको चर्चा चल्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
दैनिक कार्यमापनि प्रगती हुनेछ। घरमा अतिथीको आगमन हुनेछ। रोकिएको धन हात पर्ला। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
धार्मिक कृत्यको योगछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउला। सामाजिक कार्यमा मन जानेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
अनुहारमा कान्ति र मनमा शान्ति छाउला। आफन्तको प्रगतिमा मन रमाउनसक्छ। विशिष्ट व्यक्तिको सहयोग पनि पाईनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
मीआज भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

हाम्रो पात्रो बाट।

Loading...
प्रकाशित मिति २७ पुष २०७६, आईतवार ०२:०४