एमसीसी भनेको नेपालमा अमेरिकन सैनिक अखडा बनाउने रणनीति। देव गुरुङ

काठमाडौं। सत्तारुढदल नेकपाका सचेतक देव गुरुङले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पाेरेशन ‘एमसीसी’ बीच हुने भनिएको सम्झौता राष्ट्रिय हित विपरीत भएको जनाएका छन्। एमसीसी सम्झौता मार्फत अमेरिकी फौजी रणनीति रहेको गुरुङले दावी गरेका छन्।

नेपाल सरकार एमसीसी बीच सम्झौता भएपछि चिन र अमेरिकाको यु’द्ध मैदान नेपाललाई बनाउने अमेरिकी रणनीति रहेको दावी गरे। एमसीसी खारेज अभियान नेपालको आयोजनामा नेपाल ल क्याम्पस लाइब्रेरी हल भृकुटी मण्डप, काठमाडौंमा शनिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन्।

एसियामा आर्थिक रुपमा छलाङ्ग मारिरहेको चिनलाई फौजी हस्तक्षेप गर्ने रणनीति अनुरुप अमेरिका एमसीसी मार्फत नेपालमा सैन्य अखडा खडा गर्न चाहेको सचेतक गुरुङले ठोकुवा गरे। नेपालमा अमेरिकी सैन्य क्याम्प खडा गरेर तिब्बत क्षेत्रलाई आ’क्रम’ण गर्ने र सिंगो चिनलाई तहस न’हस पार्ने फौजी रणनीतिका रुपमा अमेरिका नेपाल भित्रिन चाहेको उनले जिकिर गरे।

उनले यसरी अमेरिकी सहयोगको नाममा नेपाल पस्यो भने नेपाल पनि सिरिया, अफगानस्थान, इराक जस्तै हुने बताए। गुरुङले एमसीसी संग सरकारको सम्झौता हुन नहुनेमा अ’डान लिएका थिए। अन्तरक्रिया कार्यक्रममा बक्ताहरु देव गुरुङ, लिलामणी पोख्रेल, सिपी खनाल, गुणराज लोहनी लगाएतले आफ्नो भनाइ राखेका थिए। लालीगुराँस देलि।

Loading...
प्रकाशित मिति २७ पुष २०७६, आईतवार १४:३७