मनकामना माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष २८ गते सोमबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिनछ। ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। सामान हराउने वा चोरी हुने भयछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
आज प्रेमीको सहयोग प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
सरकारी निकाएको भय रहला। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। अविश्वाश उत्पन्न हुनेछ। परिवारमा झैँ–झमेलाको अवस्था आउला।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आज आफन्त संग भेट घाट हुनेछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। स्वादिष्ट भोजन पाईनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
बन्न लागेको काम विग्रिनेछ। प्रेममा बाधाका साथै मन कमजोर रहला। दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
अरुलाई प्रभावित पारेर काम बन्नेछ। मनोरञ्जनमा सहभागी भइएला। परिवारिक सद्भाव बढ्नेछ। व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ। शुभकार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
शुभ समाचार सुन्न पाइएला। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। राज्यबाट मान सम्मान पाइनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आज रोकिएको धन हात पर्ला। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। अतिथिको रूपमा सत्कारपनि पाइनेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। आकस्मिक धन लाभ हुनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
नयाँ कार्यको थालनी हुनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। पदोन्नतीको सम्भावना प्रवलछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। अचल सम्पत्ति हात पर्ने योगछ। आँटेको र ताकेको कार्य पुरा होला। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति January 13, 2020