स्वयम्भू नाथको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ पौष २९ गते मंगलबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
बौद्धिकताको विकास हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मान प्रतिष्ठामा बृद्धि होला। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरु अगाडी बढ्नेछन्।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। साँझपख शुभ समाचार आउन सक्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। भूमि लाभ रहला।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। मित्र वा आफन्तको सहयोग मिल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
कला र गलाको प्रभाव बढ्नेछ। सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ। श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ। मुद्दा मामिला आउन सक्छ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
पुनर्मिलनको योगपनि रहेको छ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ। कूटनीतिक नियोगको सहयोग मिल्ला।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
दबाब र तनाव बढेको महसुस हुनेछ। मनमा निरासा र शरीरमा आलस्य आउला। अनावश्यक यात्रा हुनेछ। प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ। मानसम्मान प्राप्त हुने सम्भावना छ। धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ। प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज मनमा प्रसन्नता छाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शुभकार्यको चर्चापनि चल्नेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति २९ पुष २०७६, मंगलवार ०२:०६