भाटभटेनी लगायत पाँच कम्पनीले न’क्कली भ्याट बिल बनाएर अर्बौं कर छ’ली।

काठमाडौं। भाटभटेनी सुपरमार्केट सहित पाँच कम्पनीले न’क्कली भ्याट बिल बनाएर अर्बौंको कर छ’ली गरेको सर्वोच्च अदालतले ठहर गरेको छ। १० वर्षअघि यो कर छलीको अ’नुसन्धान भएको थियो। राजस्व न्यायाधीकरणबाट कर छलीमा दो’षी ठहर भएपछि भाटभटेनी सुपरमार्केट, अरूण इन्टरकन्टिनेन्टल, शंकर ग्याँस, महेश बानियाँ र आइएटी प्रालिले स’र्वोच्चमा पु’नरावेदन दिएका थिए।

न्यायाधीकरणको फैसला चित्त नबुझाएर कतिपयमा राजस्व विभाग पनि सर्वोच्च गएको थियो। यी सबै मु’द्दा एकैसाथ राखेर हेर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इ’जलासले पाँचै कम्पनीले कर छ’लेको ठ’हर गरेको हो। सर्वोच्चले यी सबैको विस्तृत विवरण अझै दिएको छैन।

यी मु’द्दाको सुरूआत २०६६ सालदेखि सुरू भएको थियो। आन्तरिक राजस्व विभागले त्योबेला विभिन्न व्यापारिक घरानाले कति कर छ’लेका छन् भनेर छानबिन गरेको थियो। भाटभटेनी सुपरमार्केट सहित अरू २४ विभिन्न व्यापारिक प्रतिष्ठान र कम्पनीले किन्दै नकिनेको सामानको भ्याट बिल देखाएर अर्बौं कर छ’ली गरेको छा’नबिनले देखाएको थियो। त्यतिबेला २ अर्ब ७० करोड जति भ्याट छ’ली भएको अ’नुसन्धानले देखाएको थियो।

ती मध्ये भाटभटेनी सुपरमार्केटले न’क्कली बिल बनाएर २ वर्षमा ९ करोड भ्याट छ’लेको उल्लेख थियो। उक्त रकम तिर्न विभागले भाटभटेनीलाई आ’देश दिएको थियो। न’क्कली बिल बनाएर भ्याट छ’लेको भन्दै विभागले कर, त्यसको साँवाब्याज र जरिवाना समेत तिर्न पत्र पठाएको थियो। उक्त पत्रवि’रूद्ध विभागका महानिर्देशकसमक्ष भाटभटेनीका सञ्चालक गुरूङले पुनरावेदन दिएका थिए।

महानिर्देशकले पनि उक्त कर तिर्नैपर्ने निर्णय सुनाए। गुरूङले महानिर्देशकको निर्णयवि’रूद्ध राजस्व न्यायाधीकरणमा मु’द्दा हाले। न्यायाधीकरणले पनि गुरूङको भाटभटेनीलाई नै दो’षी ठहर्‍यायो। उनी फेरि न्यायाधीकरणको फैसला खा’रेज गर्न भन्दै एक वर्ष अघि सर्वोच्च अदालत गएका थिए। सेतोपाटीबाट

Loading...
प्रकाशित मिति २९ पुष २०७६, मंगलवार ०२:५५