बागलुङ का’लिका मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ १ गते बुधबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आज प्रेम जीवन सुखद् रहनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। धर्म कर्ममा मन लाग्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। धर्म, कर्ममा मन लाग्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन ख’र्च हुनसक्छ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
सजिलै अरूको मन जित्न सकिनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
लाभ, हा’नी, आय, व्यय, सुख, दु’ख वरावरी खालको समय छ। नयाँ काममा हात हाल्ने समय छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
निर्णय कार्यान्वयन हुन सक्दैनन्। आत्मबलमा कमी आउनेछ। मनमा दुविधा उत्पन्न हुनेछ। मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्ला। धार्मिक कृ’त्यमा सहभागी बन्नु पर्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
जिद्दी’पनाले गर्दा काम बि’ग्रने डर छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सौन्दर्यतामा धन खर्च हुनेछ। सरकारी निकाएको भय रहला।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। जोश,जाँगर र उमङ्ग बढ्नेछ। मठ मन्दिरको भ्रमण हुनेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
मन भावुक बन्न सक्छ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। अनावश्यक ठाउँमा धन खर्च हुनेछ, तर राजनीतिक क्षेत्रबाट सफलता हात पर्ने देखिन्छ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
धार्मिक यात्राको योग छ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति १ माघ २०७६, बुधबार ००:२८