नेपाली लोकदोहोरी क्षेत्रको अलग्गै पहिचान राख्न सफल रहेका चर्चित गायक गायक रोशन कुताल क्षेत्रीको बिल्कुलै नयाँ गीत मुयालाइ सार्वजनिक भएको छ । गायक रोशन कुताल क्षेत्री र गायिका राधिका हमालको स्वर रहेको गीतमा रमेश बिजीका शब्द रहेका छन् । संगीत रोशन कुताल क्षेत्रीले दिएका छन् ।
एरेञ्ज भने हेमन्त शिशिरले गरेका हुन् । म्युजिक भिडियोमा सतिश अधिकारी, सोनिका बास्तोला, इच्छाराम परियार र अञ्जु बिकले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन शिव बिकले गरेका हुन् ।
दर्जनौं गीत बजारमा ल्याएर चर्चा पाएका उनले यस गीत पनि नयाँ बर्षको सुरुवातमै आम दर्शक स्रोताका लागि आफ्नो कोसेली स्वरुप बजारमा ल्याएकाले सबैको रोजाइमा पर्ने कुरामा ढुक्क रहेकाे बताय ।
Loading...