काठमाडौं। नेपाली लोक दोहोरी क्षेत्रमा सृजनाका राजा मानिने लोकप्रिय सर्जक एकनारायण भण्डारीको लय/शब्द सिर्जनामा बहुचर्चित गायक विमल राज छेत्रीको बहुप्रतिक्षित लोकदोहोरी गीत ‘ऐना हेरी हेरी’ बजारमा आएको छ।
गीतमा उनै लोकप्रिय गायिका बिष्णु माझी र विमल राज क्षेत्रीको आवाज रहेको छ। एकनारायण भण्डारीकै अफिसियल युटुब च्यानल मार्फत बजार व्यवस्थापन भएको उक्त गीतमा अभिनय भने चर्चित मोडल कविता नेपाली र बिजु पार्कीको रहेको छ भने गीतमा निर्देशन चर्चित निदेशक सान थापाले गरेका हुन।
आधुनिकमा जमेका सानको लागि यो दोहोरी गीत पहिलो हो। गीतमा छायांकन भने अर्जुन तिवारीको टिमले गरेको छ। म्युजिक भिडियो असाध्यै राम्रो बनेको कारण पक्का दर्शक श्रोताको मन जित्ने आशा छ।
भिडियो हेर्नुहोस्।
Loading...