बर्दिया ठाकुरद्वार मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ २ गते बिहिवारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
लाभदायक यात्रा होला। रोकिएका काम पुन: सुरु हुन सक्छन्। आर्थिक कारोवारमा सफलता पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
सामान हराउने वा चोरी हुने सम्भावना छ। स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। साझेदारी काममा उल्झन आउनेछ, तर सहकर्मीबाट सहयोग मिल्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
शुभारम्भको चर्चा चल्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। आँको काम पुरा हुनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। नियमित खर्चसमेत बढ्ने योग छ। सहकर्मीबाट विरोधपनि आउन सक्छ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। घरमा अतिथीको आगमन हुनेछ। भूमिबाट लाभ रहला। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
यात्रामा मालसामान हराउन सक्छ। सानो तिना समस्यामा अल्झिनुपर्नेछ। स्वास्थ्यमा खर्च बढ्नेछ, तर वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
महत्त्वपूर्ण कामको थालनी हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। लक्ष्मी प्रसन्न हुने योगछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। कला, साहित्यमा रुचि बढ्नेछ। घरमा अतिथीको आगमन हुनेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति २ माघ २०७६, बिहीबार ००:३३