आस्था राउतलाई महिला प्रहरीले हालिन उ’जुरी। अब के होला ?

काठमाडौं। विमानस्थल सुरक्षा चेकजाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले गायिका आस्था राउतले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छिन्।

श्रेष्ठले बर्दीमा रहेर आफ्नो ड्यूटी निभाउँदा उल्टै आफुमाथि गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै आस्थालाई का’रवाहीको माग गरेकी हुन्। उनले दिएको उजुरीउपर उपयुक्त का’रवाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ।

गायिका आस्था राउतले बिहीवार फेसबूक लाइभमार्फत विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीबाटै दु’र्ववहार र अ’पशब्द प्रयोग भएको भन्दै प्रहरीप्रशासनमाथि खनिएकी थिइन्। न्युज २४

Loading...
प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार १५:०५