गोरखा न.पा १ ताप्लेमा स्थानियको सहयोगमा अकला मन्दिरको निर्माण सम्पन्न

सुदिप पनेरु
अकला मन्दिर को समउदघाटन
सोसियल मिडियामा सहयोग अभियान चलाएर नगद करिब १०लाख ,जिन्सि सहयोग करिब ३ लाख बराबर ,स्थानीय जनताको रु ३ लाख बराबरको जनश्रमदान र नगरपालिकाको रु ५लाख गरि करिब २१ लाख को लागतमा अकला मन्दिर गोरखा नगरपालिका का मेयर राजन राजन राज पन्त गोरखा नगरपालिका वडा नं का वडाध्यक्ष हिक्मतबहादुर कुवर बाट पानसमा बत्ती बालेर र सहयोगी को नाम लिष्ट को पर्दा उठायर उद्घाटन गर्नु भयो ।

सभामा वडाध्यक्ष हरु गो न पा २ रहमतुल्ला मिया र गो न पा ४ खोप बहादुर ,गो न पा का कार्य पालिका सदस्य हरि गान्दरी र कमला भट्ट गो न पा १ का वडा सदस्य हरु पत्रकार हरु ने क पा प्रतिनिधि गोबिन्द प्रसाद भट्टराई नेपाली कांग्रेसका प्रतिनिधि गजाघर भट्ट लगायत बिभिन्न महिला समुह ,बनसमुह , टोल सुधार समितिहरु ,बिभिन्न बिध्यालय का प्रधानाध्यापक हरु पत्रकार हरु लगायत हजारौ स्थानिय जनताको उपस्थिती रहेको थियो ।तमु समाज गो न पा १ र अकला आमा समुहको बिभिन्न लोक नृत्य ले कार्यक्रम ज्यादै आकर्षक बनेको थियो ।

५० हजार माथि को सहयोग राशि दिने लाइ मेयर ज्यू बाट सम्मान गरियको थियो । स्व आमा बुबाको स्मृतिमा १४०००० दिनु हुने अमेरिका निबाशि समाजसेवि मिन के सि को दाइ हरुले सम्मान पत्र लिनु भयको थियो ।स्व पिता बुद्दि प्रसाद भट्ट को स्मृतिमा छोरा ठाकुर भट्ट ले दिनु भयको ६६६६६/- उहा आमा र भाइले सन्मान ग्रहण गर्नु भयो । स्व पिता लाल प्रसाद भट्ट को स्मृतिमा ५०५५५/- दिनु हुने प्रेम प्रसाद भट्ट को बहिनि ले सम्मान पत्र ग्रहण गर्नु भयो ।

सबै सहयोगि लाइ गोरखा नगरपालिका वडा नं १ का वडाध्यक्ष हिक्मतबहादुर कुवर र मन्दिर निर्माण समिति का अध्यक्ष कमल प्रसाद पनेरु ले सम्मान पत्र र खादा ले सम्मानित गरियको थियो । यसै कार्यक्रम का बिचमा मन्दिर पुन निर्माण मा अहोरात्र खटिने अभियान्ताहरु कलकत्ता बाट तिर्थ बहादुर कुवर ,काठमान्डौ बाट नबराज पनेरु ,सुदिप पनेरु ,नारायण भट्टराई ,गो न पा १ बाट रेशम भट्ट लाइ लाइ बिशेष सम्मान गरियको थियो ।दिपज्योति कल्ब बाट चिया पानि को यबस्था भयको थियो ।

हरेक साल जस्तै सोहि दिनको रात मा समिति का अध्यक्ष कमल प्रसाद पनेरु को घरबाट फुलको डोलि बाजा गाजा र बिभिन्न झाकिहरु का साथ मन्दिर परिक्रमा गरेको थियो । वडा सदस्य तुल बहादुर ले बिकास का लागि बिकाश निर्माण मा पक्षपात नगरि सबै मिलेर गनु पर्ने बताउनु भयो । बडा सदस्य कमला भट्ट ले पनि मन्दिर बनाउने स्थानीय सहयोग को प्रशंसा गर्नुभएको थियो। स्थानीय बुद्धिजीवी ने क पा प्रतिनिधि गोबिन्द प्रसाद भट्टराई ले गो न पा १ को बिकाश र सहि काम मा सहयोग रहने र अकला मन्दिर को अक्षयकोष बनाउन अनुरोध गर्दै मन्दिर को सहयोगी अभियान्ता को प्रशंसा गर्नु भयको थियो । कार्यक्रम मा मेयर राजनराज पन्तले स्थानिय ले गरेको सहयोग को प्रशंसा गरेका थियो र मन्दिर को अरु नपुग काम को लागि रु १० लाख पुन विनियोजन गरेको बताउनु भयो । वडादक्ष हिक्मतबहादुर कुवर ले अकला मन्दिर जस्तै अन्य ठाउँमा पनि स्थानीय समरचना हरुको स्थानीय जनताको सहयोगमा क्रमश बिकास गर्दै जाने प्रतिज्ञा गर्नुभएको थियो।

Loading...
प्रकाशित मिति ४ माघ २०७६, शनिबार ०२:४३