चलचित्र  ‘बाबु कान्छा’ युट्युबमा सार्वजनिक [भिडियो ]

काठमाडौँ। अभिनेता सलोन बस्नेत स्टारर चलचित्र ‘बाबु कान्छा’ युट्युबमा रिलिज भएको छ।  बुढासुब्वा डिजिटलको युट्युबमार्फत सार्वजनिक भएको हो। चलचित्रले राम्रो व्यापारिक सफलता हासिल गर्न सकेको थिएन।

‘बाबु कान्छा’मा सलोनसँगै नीर शाह, सरोज खनाल, करिष्मा श्रेष्ठ, राजाराम पौडेल, लय सङ्ग्रौला , ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल,गीता अधिकारी, रामेश्वर रिजाल , सुशान्त श्रेष्ठ, बिक्रम कँडेल लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यु गरेका छन्।

निर्देशक शोभित बस्नेतकै लेखन तथा निर्माण रहेको चलचित्रमा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टङ्क बुढाथोकी र लक्ष्मण शेषको सङ्गीत, बाबु श्रेष्ठको छायाङ्कन रहेको छ।

Loading...
प्रकाशित मिति April 30, 2019