गढीमाई मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ ०५ गते आइतबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आज आर्थिक कारोवारमा मन्दी आउनेछ। मनमा दुविधा उत्पन्न होला। सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ। घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ। रमणीय र सुखद यात्राको योग छ। दैनिक कार्यमा प्रगति हुनेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
कुनैन कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। व्यवसायबाटपनि लाभ हुनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रमणीय र सुखद् यात्राको हुनेछ। धार्मिक यात्राको योगछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। मायाँ प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। परिवारका सदस्यहरूसित भेटघाट हुनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज सामाजिक सेवा गर्ने अवसरले मान, प्रतिष्ठा बढाउनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। माया प्रेममा धोका हुँन सक्छ भने एकोहोरो मायाँ प्रेमले सताउनेछ। आर्थिक कारोवारमा विवादपनि आउला।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु, बान्धवबाट सहयोग मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला। रमाइलो यात्राको योगपनि रहेको छ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
आज यात्रामा मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। साँझमा पैसा खर्च हुने योग छ। चोटपटकको भयछ सचेत रहनुहोला।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ। भोजभतेरमा सामेलहुँदा स्वास्थ्यको ख्याल गर्नुहोला।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति ५ माघ २०७६, आईतवार ००:३९