दरबार क्षेत्रमा अबस्थित जगन्नाथ मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ ०६ गते सोमबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
सहकर्मीबाट विरोध आउला। गलत निर्णय लिन पुगिएला। चोटपटकको भयछ सचेत रहनुहोला। यात्रामा मालसामानपनि हराउन सक्छ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
शुभकार्यको चर्चा चल्नेछ। रमणीय र सुखद यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
मनमा दुविधा उत्पन्न हुनेछ। स्वास्थ्यमा समस्या आउनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। सरकारी निकाएको भय रहनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोकिएको धन हात पर्ला। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आफ्नो विचार विपरित निर्णय हुनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ। साझेदारीको काममा उल्झन आउनेछ: प्रेममा मनमुटाव आउनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। साथीभाईसंग समय बित्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
कला, साहित्यमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। भूमिबाट लाभ रहनेछ। नयाँ व्यक्तिसंग भेटघाट हुनेछ। छोटो दुरीको लाभदायक यात्रा रहला।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। समाजसेवामा मन लाग्नेछ। शत्रु पराजित हुनेछन्। वित्तिय संस्थाबाट सहयोग पाईनेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। नसोचेको ठाउँबाट धनागम हुनेछ। मनोरञ्जनमा सहभागीता भइएला। आर्थिक कारोवारमा सफलता पाइएला।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति ६ माघ २०७६, सोमबार ००:१८