५० लाख बराबरको सम्पत्ति लिएर बुढी फरार, विदेश जान नहुने (भिडियो सहित)

काठमाडौं। चितवनमा केही दिन अघि तहल्का मच्चाएको एउटा घ’टना सेलाउन नपाउँदै फेरी त्यस्तै प्रकृतिको अर्को घ’टना तनहुँ भानु नगरपालिका ९ बाइसजागरमा भएको छ। चितवनका सन्तोष सुनारले आफु विदेशमा चर्को घाम सहेर कमाएको पैसा लिएर उनकी श्रीमती प्रमिला सुनार सम्पर्क विहिन भएकी थिइन्।

एक महिना लामो खोजि पछि प्रमिला अर्कै पुरुषका साथमा फेला परिन्। अहिले त्यो घ’टना कानुनी का’रवाहीका लागि अघि बढेको छ। केही दिन निकै चर्चित भएको त्यो घ’टना सेलाउन नपाउँदै फेरी तनहुँबाट त्यस्तै खबर आएको छ। झण्डै ५० लाख बढीको सम्पत्ती लिएर दुई बच्चा सहित श्रीमती सम्पर्क विहिन भएकी छन्।

तनहुँका नकुल अधिकारीको श्रीमती अनुपा अधिकारी ५० लाख रुपैया बराबरको सम्पत्ति लिएर सम्पर्क वि’हिन भएकी हुन्। नकुल पनि दुवईमा रहेर वैदेशिक रोजगारीमा थिए। दुई महिना देखि उनको श्रीमती छोराछोरी सहित सम्पर्क वि’हिन भएपछि उनी पनि रुँदै मिडियामा आएका छन्। दुवईमा दुख गरेर कमाएर बैंकमा राखेको पैसा श्रीमानलाई थाहा नदिएर निकालेको’ छिमेकीमा पनि ऋ’ण नै ऋ’ण बनाएर श्रीमती सम्पर्क वि’हिन भएकी छन्। कक्षा ७ मा पढ्दा देखि प्रेम गरेर विवाह गरेकी श्रीमतीले यस्तो गर्छिन होला भनेर नकुलले सोचेका पनि थिएनन्।

१३ वर्ष सम्म दुवईमा बसेर कमाएका नकुल अहिले घर आउँदा घरमा न श्रीमती छन् न त छोराछोरी। कमाएको सम्पत्ती पनि छैन छिमेकीमा बस्न समेत अवस्था छैन। प्रत्येक घरवाट ऋ’ण लिएर श्रीमती हराइन्। विवाह भएको १५ वर्ष पछि कुमार कार्की भन्ने ब्यक्तिसंग आफ्नो श्रीमती गएको नकुलको भनाई छ। कार्कीले आफ्नो श्रीमतीसंग म्यासेन्जरमा कुरा गरिरहेको आफुले थाहा पाएको उनले बताए। आफ्नो श्रीमती लिएर जाने पनि दुवईमा बस्दै आएका थिए।

उनले आफ्नो श्रीमतीलाई सम्बोधन गर्दै भने, अनुपा कृपया मेरो छोरीहरुको भविष्य ब’र्बाद नबनाईदेउ। तृ’ष्णा जन्मिदा उनी नेपालमा थिए तर कान्छी छोरी तृप्तीलाई प्रत्यक्ष अनुहार पनि हेर्न पाएका छैनन्। कान्छी छोरीलाई राम्रोसंग चिन्न पनि पाइन्। विदेशी भूमिमा आफुले दुख गरेर भएपनि छोरीलाई डाक्टर बनाउने उनको चाहना थियो। उनी भन्छन् छोरीलाई डक्टर बनाउन चाहन्थे तर अहिले मलाई दौडिने बनाएकी छ। भागेर गएपछि पनि छोरीले लुकेर म्यासेन्जरमा सम्पर्क गरेको उनले बताए।

छोरीले रुँ’दै लुकेर फोन गर्छ, मलाई आउन दिन्न बुवा कसरी आउनु भन्छ। अहिले तीन साता देखि छोरीको फोन पनि आउन छोडेको नकुलले बताए। अहिले जोसंग आफ्नो श्रीमती भागेर गइन् त्यो कुमार कार्कीलाई श्रीमतीले मामाको छोरा भनेर चिनाएको बताइन्। पहिला पनि कुरा गरिरहेको थाहा पाएको थिए तर मामाको छोरा भनेपछि मैले नराम्रो सोच्ने कुरा पनि भएन। दुवईबाट फर्कदा आफुभन्दा दुई साता पहिला कुमार आएको र आफ्नो श्रीमतीलाई लिएर गएको उनले बताए। तामाचुलीबाट

भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति January 20, 2020