बिहानै पशुपति नाथको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ ०७ गते मंगलबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आज महत्व्तपूर्ण अवसर गुम्न सक्छ। मानसिक चिन्ता वढ्नेछ। दाम्पत्य जीवनमा मतभेद भए पनि मायाँ एवं समझदारीको कार्यमा भने कायम रहनेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
शुभ समाचार सुन्न पाइएला। प्यारोसाथी संग भेट हुनेछ। नयाँ कार्यको थालनी होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
अनावश्यक झमेलामा परिएला। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। चुनौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
नयाँ कार्यको थालनी हुनेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्। महिला वा मित्रबाट सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
सम्पत्ती राउने वा नष्ट होला। अरुको भर पर्दा धोका पाइनेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
आकस्मिक धन लाभ हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। मनोरञ्जनमा सहभागीता भइएला। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
अरुलाई प्रभावित पारेर काम बन्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। पराक्रम बढ्नुका साथै शरीरपनि स्वस्थ रहनेछ। प्यारोसाथी संग भेट होला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समयछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आँटेको र ताकेकोकार्य पुरा होला। कूटनीतिक नियोगको सहयोग मिल्नेछ। प्रेममा मधुरता छाउला। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
मित्रबाट सहयोग मिल्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
इच्छा र आकाङ्क्षा पूर्ण होला। पठनपाठनमा प्रगति हुनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। दिनको उत्तरार्धमा केहि धनखर्च बढ्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। मान प्रतिष्ठामा बृद्धि होला।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ००:४९