प्रदेशको नाम ग’लत भएको भन्दै प्रचण्ड र गोकुल बाँस्कोटालाई काभ्रेमा प्रवेश नि’षेध।

काठमान्डौ। प्रदेशको नामाकरण पहिचान सहितको संघियताको वि’रुद्ध रहेको भन्दै काभ्रेमा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई प्रवेश नदिने चेतावनी दिईएको छ। काभ्रेको महाभारत गाउँपालिकाका युवाहरुले नेकपा अध्यक्ष प्रचण्डसहित काभ्रेबाट निर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई आफ्नो गाउँमा प्रवेश गर्न नदिने चेतावनी दिएका हुन्।

पहिचान सहितको संघीयता विपरीत प्रदेशको नाम बाग्मती राखिएको भन्दै उनीहरुले नेकपाका नेताहरुलाई प्रवेशमा रोक लगाउने चेतावनी दिएका हुन्। प्रवेश निषेध लेखिएका पर्चाहरु जताततै टाँसिएका छन्। उनीहरुले प्रदेशको नाम नेवाः तामसालिङ राख्न पनि माग गरेका छन्। त्यस्तै प्रदेश राजधानीको विषयमा काभ्रे काँग्रेस बल्ल बिउझिएको छ।

सत्तारुढ दल नेकपाको केन्द्रिय सचिवालयले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम बागमती राख्ने निर्णय १३ पुसमा गर्यो। प्रदेश ३ को पाँचौ अधिवेशनको पूर्वसन्धानमा पार्टी सचिवालयले गरेको यो निर्णय आफैमा अर्थपूर्ण थियो। किन भने प्रदेशसभा गठन भएको २ वर्षसम्म पनि नाम र स्थायी राजधानी टुंगो लगाउन सकेको थिएन। सचिवालयको निर्देशन नेकपाको प्रदेश संसदीय दलले पनि अनुमोदन गर्यो।

तर काभ्रे सहित केहि जिल्लाका सांसदले बैठकमा फरक मत राखे। पुस २७ गते संदनको दुई तिहाई मतले हेटौँडा स्थायी राजधानी र नाम बागमती कायम गर्यो। जति बेला हेटौँडामा प्रदेश सदन चल्थो तब काभ्रे स्थायी राजधानीको चर्चामा रहन्थ्यो। प्रदेशको स्थायी केन्द्र र नाम टुंगो लागेपछि काभ्रेबाट निर्वाचित नेकपाका सासंदहरुलाई सामाजिक सञ्जाल मार्फत गाली गर्नु बाहेक काँग्रेसले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको थिइन।

नेकपा सचिवालयको निर्णय भएको ३ हप्तापछि र दुई तिहाईले राजधानी र नाम टुंगो लगाएको ठिक एकहप्ता पछि काग्रेँस काभ्रेले आफ्नो प्रतिक्रिया दिएको छ। त्यो पनि काँग्रेस केन्द्रको निर्धारित कार्यक्रम अन्तर्गत। काँग्रेस केन्द्रले ७७ वाटै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयको वि’रुद्धमा विरोधपत्र प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम आइतबार राखेको थियो। काभ्रे काँग्रेसले पनि सोहि अनुरुप आफ्नो पार्टीबाट स्थानीय तहमा विजयी बनेका जनप्रतिनिधि सहित धुलिखेमा वि’रोध र्याली निकाल्यो।

वि’रोध र्याली जिल्ला प्रशासन कार्यालय पुग्यो। जिल्ला सभापति मधु आचार्य सहतिका नेताहरुले काभ्रेबाटै मन्त्री बनेका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको चर्को आलोचना गर्दै प्रमूख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई वि’रोध पत्र बुझाए। सभापति आचार्यले जिल्ला प्रशासन कार्यालय धुलिखेलमा ५६७ शब्दको दुई पेज वि’रोधपत्र बुझाए। ५१२ शब्दसम्म सरकारको आ’लोचना बाहेक अरु कुराले महत्व पाएको देखिदैन। वि’रोधपत्रको अन्तिममा मात्रै काभ्रे काँग्रेसले प्रदेश राजधानीको बारे बोलेको छ। सिधाकुरा

Loading...
प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ०८:०८