मुक्तिनाथ मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ ०९ गते बिहिवारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
नयाँ व्यक्ति संग भेटघाट हुनेछ। रोकिएको धन हात पर्ला। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
रोकिएका काम पुनः सुरु हुन सक्छन्। श्रमको उचित मुल्याङ्कन हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। समाजसेवामा मन लाग्नेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। रमाइलो यात्रा रहला। प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्ला। सन्तान सुखपनि मिल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
पार्टी तथा सेमिनारमा सहभागी भईएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला। विद्या र बुद्धिको विकास हुनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
वैदेशिक कार्य अघी बढ्नेछ। घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ। उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
सहकर्मीबाट विरोध आउला। गरेको कार्यमा अवरोध आउला। प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ। सन्तानपक्षको मायामा कमी आउनेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। प्रेम सम्बन्ध कसिलो होला।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ। मनमा दुविधा उत्पन्न हुनेछ। चोटपटकको भयछ सचेत रहनुहोला।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
नयाँ काम सुरु गर्ने समय छ। जोश जाँगर र उमंग बढ्ला। आर्थिक कारोवारमा सफलता पाइएला। साथीभाइबाट बढी फाइदा लिने समय छ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
दबाब र तनाव बढेको महसुस हुनेछ। विरोधीहरूले काममा तगारो हाल्ने प्रयास गर्नसक्छन्। सकेसम्म कम बोल्ने र आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुन्छ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ। एक अर्काको भावना बुझेर काम गर्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति January 23, 2020