अनलाइन खोजी प्रतिभा प्रा.लिको तेस्रो कार्य समिति चयन गरिने।

काठमाडौं। वि.स २०७२ सालमा स्थापना भएको अनलाइन खोजी प्रतिभा प्रा.लिको तेस्रो कार्यसमिति चयन आउदो माघ २५ गते गरिने भएको छ। यस अनलाइन खोजी प्रतिभा प्रा.लिले कला प्रतिभाको संरक्षन र सम्मान गर्दै नेपाली गीत संगीतलाई पहिलो प्राथमिकता दिदै आइरहेको छ।

अनलाइन खोजी प्रतिभा प्रा.लिले विभिन्न कार्यक्रम र कलाकारलाई सम्मानका साथ संस्थाले सामाजिक कार्य र समाज परिवर्तनका काममा पनि अग्रसरता देखाएको छ। विगत लामो समय देखि अनवरत विभिन्न सांगीतिक कार्यक्रमहरु तथा समाजसेवामा समर्पित हुँदै आएको छ।

अनलाइन खोजी प्रतिभा प्रा.लि समिति प्रतिनिधिमा १५ जना, आजिवन सदस्यमा ७ जना, र साधरण सदस्यमा २४ गरि जम्मा ४६ जानाको सहमतिमा सञ्चालन गरिएको छ। यस अनलाइन खोजी प्रतिभा प्रा.लिका सस्थापक: गायक हिरो राई हुन्। उहाँ भन्नुहुन्छ, अबको कार्यसमिति चयन तेस्रो वर्षको हो।

साथै उहाले नारायनथान बुढानिलकण्ठ नगरपालिका वडा न: ४ का सम्पूर्ण बुद्धिजीवी लगायत आम सदस्यहरुलाई उपस्थित भैदिन हुन अनुरोध गर्नु भएको छ। कार्यसमिति चयन हुने स्थान, बुढानिलकण्ठ ४ पासिकोट काठमाडौं।
समय: बिहान १० बजे।
मिति: २०७६/१०/२५ गते शनिबार।

Loading...
प्रकाशित मिति January 23, 2020