कमल चन्दको ‘लय शब्दमा’ ममता खड्का र प्रेम दीपको ‘मुग्लान पारि’ भिडियो सहित।

चुर्ण पुन मगर, बर्दिया। नेपाली गीत संगीतको बजारमा दिनानुदिन नयाँ किसिमका गीतहरु जन्मने क्रम जारी छ। ठिक यो पटक मेसेन्जर वाली ममता खड्का मेघा भनेर चिनिने क्रा’न्तिकारी गीतहरुका ख्यातिप्राप्त गायिका खड्काले ‘मुग्लान पारि’ बोलको मर्मस्पर्शी गीत बजारमा लिएर आएका छन्।

यस म्युजिक भिडियोमा मुग्लान पारि हुने सम्पूर्ण क’ष्टकर जिन्दगीको न’मिठो अनुभवलाई लय/शब्दमा उतारेर तयार गर्नु भएको छ सर्जक कमल चन्द ज्युले, भने’ स्वर प्रेम दीप र स्वयम् ममता खड्का मेघाको रहेको छ। आजै मात्रै सार्वजनिक भएको मुग्लान पारि ‘तरंग डिजिटल स्टुडियो डिल्लिबजारमा रेकर्डिङ भएको थियो।

रेकर्डिस्ट प्रेम रावत तथा मिक्सिङ मास्टर प्रेम दीप राम्जालीका साथै संगीत संयोजनमा संजय श्रीपालको अहम भूमिका देखिन्छ। उक्त म्युजिक भिडियोमा ममता खड्का, दीप श्रीपाल, सविना तामाङले मुख्य अभिनय गरेका छन्’ भने, निर्देशन सरोज शाही र छायांकनमा डेनिस खनालले सकेसम्म उत्कृष्ट भिडियो बनाउने प्रयास गरेका छन्।

भिडियो हेर्नुहोस्।

Loading...
प्रकाशित मिति ९ माघ २०७६, बिहीबार २२:५५