पशुपति नाथको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ १० गते शुक्रबारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
श्रमको उचित मुल्याङ्कन हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार सुन्न पाइएला।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
मन सम्हाल्न आवश्यक हुनेछ। दु’ष्ट व्यक्तिको संगतले आ’त्मघा’ती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ। सौन्दर्यतामा धन ख’र्च हुनेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
अरुलाई प्रभावित पारेर काम बन्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। पठनपाठनमा प्रगति हुनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। फितलो यात्रा हुनेछ। व्यापार व्यवसायमा वा’धा आउनेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वित्तिय संस्थाबाट सहयोग पाईनेछ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
मन क’मजोर रहला। घर परिवारमा झै–झ’मेलाको अवस्था आउला। कार्यमा अ’वरोध आउला। दिनको उत्तरार्धमा धन ख’र्च हुनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ। परिवारमा सुख सन्तोष छाउनेछ। आ’कस्मिक स’मस्या आइलागे पनि काममा सफलता हात पर्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ। सवारी साधनको खरिद बिक्री हुने योग छ। वि’परित वर्गप्रति आकर्षण बढ्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
रोमाञ्चक यात्रा होला। कार्य सम्पादनमा सहजता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
आँटेको र ताकेको कार्य पुरा होला। आ’कस्मिक धनलाभ हुनेछ। महिला वर्गबाट सहयोग मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु,खे, खो, गा, गि,।
बन्धु बान्धवबाट सहयोग मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
राज्यबाट मान सम्मान पाइनेछ। कुटुम्बको सहयोग मिल्नेछ। घरमा अतिथीको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ।

ज्यो.प. नारायण प्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति १० माघ २०७६, शुक्रबार ००:१४