गोष्ठीका लागि अमेरिका पुगेकी उपमेयर उतै फरार, मलाई ताजुब लाग्छ।

काठमाडौं। गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली ‘दर्शना’ उतै लु’केकी छन्। दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन्। अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै थिइन्।

तर, पछिल्लो एक महिनायता मेयर शाहीसँग पनि दर्शना सम्पर्कवि’हीन भएकी छन्। कात्तिकको पहिलो सातातिर अमेरिका जानुभएको थियो। सुरुमा सम्पर्कमै हुनुहुन्थ्यो। पुष यता सम्पर्क भएको छैन, मेयर शाहीले भने। उपमेयर दर्शनाले म्यासेन्जरबाट भएको कलमा आफू बि’रामी भएकोले फर्किन ढिलो भएको बताएको मेयर शाहीले जानकारी दिए।

उनले भने, म्यासेन्जरमा कुराकानी हुन्थ्यो। बि’रामी भएका कारण फर्किन ढिला भएको बताउने उपमेयर पुषसम्म सम्पर्कमै हुनुहुन्थ्यो। त्यसपछि सम्पर्क भएको छैन। मेयर शाहीले म्यासेन्जरमा कुरा गरेको बताए पनि दर्शनाको फेसबुक एकाउन्ट अहिले नि’ष्क्रिय छ। दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्य समेत भएकोले अमेरिकाको गोष्ठीमा जाने अवसर पाएकी थिइन्। नयाँ नेपालबाट

Loading...
प्रकाशित मिति १० माघ २०७६, शुक्रबार ०२:१४