श्रीमान बिदेशमा घरमा श्रीमतीको बेपत्ता २ छोराको बिचल्ली…

बाग्लुङ घर भइ हाल पोखरा घारीपाटन बस्दै आएकी एक महिला गएको सोमबारदेखि बेखबर बनेकी छन् ।

पोखरा महानगरपालिका वडा नं -१७ घारिपाटनमा दुई छोराहरुलाई पढाउन बसेकी लक्ष्मी परियार गएको सोमबारदेखि सम्पर्क बिहिन रहेको उनका परिवारले बताएका छन् ।

लक्ष्मीका श्रीमान् दलबहादुर परियार विदेशमा रहेका छन् । उक्त दिन दुई छोराहरुसंग खाल्टेमसिनामा रहेका आफन्तकोमा जान भनि निस्किएकोमा ‘आज तिमीहरु जाओ,म भोली बिहानै आउंछु’ भनि खाल्टेमसिना जाने माइक्रोबसमा चढाएको छोराहरुलाई उद्दृत गर्दै परियारले जानकारी दिएका छन् ।

Loading...
प्रकाशित मिति १० माघ २०७६, शुक्रबार ०५:३९