दिपक मनाङे यसरी प’क्राउ परे।

काठमाडौं। प्रदेश सांसदलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ। गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प’क्राउ गरेको हो। पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट आज दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले प’क्राउ गरेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक एसपी दानबहादुर कार्कीले मनाङेलाई प’क्राउ गरिएको पुष्टि गर्नुभयो। मनाङेले आजै राष्ट्रिय सभाको निर्वाचनमा मत खसालेका थिए। मत खसालेर लेकसाइडको होटलतर्फ लागेका राजीवलाई प्रहरीले होटलबाटै प’क्राउ गरेको हो।

उनले मंगलबार अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हा’तपा’त गरेका थिए। एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध कि’टानी जा’हेरी दिएका थिए। खेलकुदको ठुलो रकम भ्र’ष्टाचार गरेको भन्दै हात हा’लेको सांसद गुरुङले बताएका थिए।

Loading...
प्रकाशित मिति १० माघ २०७६, शुक्रबार ०७:५८