बागलुङ कालिका माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्।

२०७६ माघ ११ गते शनिवारको राशिफल पढ्नुहोस्।

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ला। मनमा उत्साह र उमङ्ग छाउनेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
आज वैदेशिक कार्य अघी बढ्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। जोश,जाँगर र उमङ्ग बढ्नेछ। शुभकार्यको चर्चापनि चल्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत वढ्नेछ। ताकेको कार्य पुरा होला। नजिकको मित्रसँग भेटघाटपनि हुनेछ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। शुभकार्यको चर्चा चल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। नयाँ कामको थालनी होला। मान प्रतिष्ठामा बृद्धि होला। आफन्तको प्रगतिमा मन रमाउनेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। सामान्य ज्ञानमा बृद्धिपनि हुनेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
अ’नावश्यक ठाउँमा धन खर्च हुनेछ। लगानी गर्नु उपलब्धी मूलक हुँदैन। प्रेममा समस्या आउला, तर नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। धर्म,कर्ममा मन लाग्नेछ। प्रेम सम्बन्धपनि कसिलो हुनेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
आज जिद्दीपनाले गर्दा काम बि’ग्रने डर छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सौन्दर्यतामा धन ख’र्च हुनेछ। सरकारी निकाएको भय रहला।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
आज नयाँ कामको थालनी हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
अ’नावश्यक ठाउँमा धन ख’र्च हुनेछ। निर्णय कार्यान्वयन हुन सक्दैनन्। मनमा दुविधा उत्पन्न हुनेछ। मतिभ्र’ष्ट हुने समय छ, सचेत रहनु होला।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

Loading...
प्रकाशित मिति ११ माघ २०७६, शनिबार ००:१६